स्वास्थ्य मन्त्रालयको चेतावनी : तेस्रो लहरको सामना गर्न तयार हाेऔं


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।

बुधबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने चेतावनी दिँदै तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न अनुरोध गरेका हुन् ।

पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन उनले आग्रह गरे । नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ ।

गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement