अक्सिजन अभाव देखाउँदै बिरामी भर्ना नगर्ने अस्पताललाई कारबाहीको चेतावनी


काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन नलिई आउने बिरामीलाई भर्ना नगर्ने अस्पताललाई कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले एक विज्ञप्ति जारी गर्दै बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने भन्ने विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै कारबाही गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयले देशभरका अस्पतालहरुलाई आवश्यकताअनुसार अक्सिजन उपलब्ध गराइरहेकाले यस्ता खालका गतिविधि नगर्न चेतावनी दिएको छ ।

‘कसैले गरेको पाइएमा नियमानुसार कारबाही हुन्छ । साथै अस्पतालहरुमा पुगेका अक्सिजन सिलिण्डरहरु अस्पतालको अक्सिजन आपूर्ती प्रणालीमा स्वतः जाने र सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गर्न सबैलाई अनुरोध गरिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement