स्वास्थ्यमन्त्री यादवलाई वीर अस्पतालका डाक्टरले दिए राजीनामा पत्र


काठमाडौं– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई सम्बोधन गर्दै मन्त्रालयमा वीर अस्पताल, न्यूरो सर्जरी पहिलो युनिटका प्रमुख प्रा.डा. ध्रुवराज अधिकारीले राजीनामा पत्र बुझाएका छन् ।

सोमबार बुझाइएको पत्रमा ‘चाकडी र घुसको रकम र्पुयाउन नसकेकाले राजीनामा’ दिएको उल्लेख गरिएको छ । अधिकारीका अनुसार वीर अस्पतालमा पद खाली रहेको र अन्य उम्मेदवार समेत छैन । तर, आफूलाई पूर्वाग्रहका साथ वीरको सट्टा अन्यत्र सरुवा गर्न खोजिएको छ ।

आफूलाई दुःख दिने नियतले नै पोखरातिर सरुवा गर्न खोजेकाले चित्त दुखेको उनले बताए । आफूले उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवलाई चार पटक भेटेको सुनाउँदै अधिकारीले भने, ‘उहाँ हुन्छ पनि हुन्न, हुन्न पनि भन्नु हुन्न । तपाईको त हुनु पर्ने हो । म आफैं आश्चर्यमा परेको छु कि अहिलेसम्म किन भएन मात्र भन्नु हुन्छ ।’

उनले राजीनामा पत्रमा भनेका छन् ‘विगत एक वर्षदेखि तलब विहिन भएर वीर अस्पतालको न्यूरो सर्जरीमा काम–काज गर्दै आएको र वीर अस्पतालले बारम्बार पत्र लेख्दा तथा मैले अथक प्रयास गर्द पनि पद खाली भएको र अन्य उम्मेदवारसमेत नहुँदा पनि मेरो पोस्टिङ वीरमा नगरी पूर्वाग्रसाथ दुःख दिएकोले र चाकडी र घुससमेत डिमान्डअनुसार दिन असक्षम हुँदा राजीनामा दिएको छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement