काठमाण्डु – देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा मेघगर्जनरचट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि शुक्रबारसम्म केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
बुधबार लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।
बुधबार देशका विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना छ। केही ठाउँमा भारी वर्षाको समेत पूर्वानुमान गरिएको छ ।
हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुने सम्भावना छ।
बिहीबार बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
तीनै दिन हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई क्षेत्रमा बिहानको समयमा हुस्सुरकुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
गत २४ घण्टामा पनि कास्कीमा भारी वर्षा भएको थियो भने देशका धेरै ठाउँमा भारी वर्षा भएको थियो ।




प्रतिक्रिया