डोटीकी सुत्केरीलाई सेनाको हेलिकोप्टरबाट काठमाडौं लगियो


डोटी – सेती प्रादेशिक अस्पतालमा उपचाररत एक सुत्केरीलाई हवाईजहाजबाट उद्धार गरिएको छ । उनलाई उपचारका लागि काठमाडौं पुर्याइएको छ । डोटीको दिपायल–सिलगढी नगरपालिकाकी २५ वर्षीया अरुणा भण्डारीलाई नेपाली सेनाको जहाजबाट उद्धार गरिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

जिल्ला अस्पतालमा डोटीमा शल्यक्रिया गरेर बच्चा जन्माएकी अरुणाको रक्तश्राव नरोकिएपछि उपचारका लागि तीन दिनअघि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । यहाँ पनि रक्तश्राव नरोकिएपछि काठमाडौं लगिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले बताए ।

जटिल अवस्थाका सुत्केरीलाई हवाई उद्धार गरी सुविधासम्पन्न अस्पताल पु¥याउन प्रदेश सरकारले एयर लिफ्टिङ कार्यक्रम सञ्चालनमा ल्याएको थियो । जसअनुसार गत वर्ष पाँच जनाको उद्धार गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement