काठमाण्डु– चीनको तिब्बतस्थित ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोले बनेको ठूलो ताल फुटेको सूचनापछि रसुवाको भोटेकोशी र आसपास क्षेत्रको जोखिम आकलन गर्न हेलिकोप्टरबाट हवाई निरीक्षण गरिने भएको छ ।
धुन्चे र रसुवाका विभिन्न स्थानमा रहेका हेलिकोप्टरलाई रेकीका लागि परिचालन गरिने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) ले जनाएको छ ।
चीनतर्फ ताल फुटेको सूचनापछि सम्भावित जोखिमको अवस्था बुझ्न हेलिकोप्टर पठाउने तयारी गरिएको आरसीसीका एक अधिकारीले बताए ।
आरसीसीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विमानस्थल, हेलिकोप्टर सञ्चालक र मौसमसम्बन्धी निकायका प्रतिनिधिहरु छन् ।




प्रतिक्रिया