राहत, उद्धारका लागि निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

राहत, उद्धारका लागि निजी हेलिकप्टर परिचालन गर्न अनुमति नचाहिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा खोजी कार्यलाई तीव्रता दिन निजी हेलिकप्टर परिचालन गर्दा छुट्टै अनुमति लिनु नपर्ने व्यवस्था गरिएको छ।

बाढी पीडितको उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टरले अनुमति नलिइ उडान गर्नसक्ने गरी प्रधानमन्त्री कार्यालयबाट निर्देशन दिइएको हो ।

यसैबीच, राहत, उद्धार तथा खोजी कार्यमा खटिने हेलिकप्टरका लागि आवश्यक इन्धन सहज रूपमा उपलब्ध गराउन नुवाकोटको त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर पठाइएको छ।

नेपाल आयल निगमले काठमाण्डुस्थित डिपोबाट हवाई इन्धन बोकेको ट्यांकर तत्काल त्रिशूलीतर्फ पठाएको हो। बाढी प्रभावित क्षेत्रमा परिचालित हेलिकप्टरलाई इन्धनको अभाव हुन नदिन ट्यांकर पठाइएको निगमले जनाएको छ।