हेलिकोप्टर दुर्घटनामा दुई सैनिकको मृत्यु


एजेन्सी – अफगानिस्तानमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी कम्तीमा दुई अमेरिकी सैनिकको मृत्यु भएको नेटोआवद्ध गठबन्धन सेनाले बुधबार पुष्टि गरेको छ ।

हेलिकोप्टर दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ। यद्यपी प्रारम्भिक अनुसन्धानबाट शत्रुले आक्रमण गरेको कुनै संकेत देखा नपरेको समाचारमा जनाइएको छ ।

अमेरिकी रक्षा मन्त्रालयको नितीअनुसार यस समाचारको विस्तृत विवरणलगायत मारिएका व्यक्तिहरुको परिचय भने खुलाइएको छैन् ।

तर अफगान सरकार र गठबन्धन सेनासँग लडिरहेका तालिबानी लडाकू समूहले पूर्वी लोगर प्रान्तमा भएको यस हेलिकोप्टर दुर्घटना आफूले गोली हानेर गराएको दाबी गरेका छन् ।

सन् २०१७ को अक्टोबरमा लोगार प्रान्तमा गठबन्धन सेनाको हेलिकप्टर दुर्घटनामा परी एक अमेरिकी सेनाको मारिनुको साथै अन्य छ घाइते भएका थिए । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement