हेलिकप्टरमा सवार क्याप्टेनसहित ५ जनाकै मृत्यु

हेलिकप्टरमा सवार क्याप्टेनसहित ५ जनाकै मृत्यु


काठमाण्डु– बुधबार दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा ५ जना सवार रहेको खुलेको छ ।

काठमाडौँबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको एन एजेडी हेलिकप्टर नुवाकोटको शिवपुरी डाँडामा दुर्घटना भएको हो ।

हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए । हेलिकप्टरमा अन्य चार जना चिनियाँ पर्यटक सवार थिए ।

बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।

चिनियाँ पर्यटकमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् । बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी विष्णुकुमार केसीका अनुसार क्याप्टेनसहित ५ जनाको शव निकालिएको छ ।