इजरायलमा मारिएका साहका परिवारलाई ५ लाख सहयोग हस्तान्तरण


जनकपुरधाम – इजरायलमा हमास समूहको आक्रमणमा मारिएका धनुषाका आनन्द साहका परिवारलाई मधेश प्रदेश सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ का साहको हमासको आक्रमणमा परी गत असोज २० गते निधन भएको थियो । घटनाको ६ महिनापछि मधेश सरकारले उनको परिवारलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।

मृतक शाहका बुवा सोमन साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत टीकापुर मल्टिपल क्याम्पसमा एग्रिकल्चरमा बीएससी पढेका साह अभ्यासका लागि इजरायल पुगेकोमा आक्रमणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement