साउथकी हिरोइन श्रुति हासन अब अमेरिकन शोमा देखिँदै


एजेन्सी – साउथ चलचित्रकी अभिनेत्री श्रुति हासन अब अमेरिकन शोमा देखिने भएकी छन् । श्रुति उनी अमेरिकन शोमा किलरको भूमिकामा देखिने भएकी छन् ।

दक्षिण भारतीय फिल्मबाट बलिउडमा जमेकी श्रुति पहिलो दक्षिण भारतीय अभिनेत्री हुन् जसले अमेरिकन टीभी शो हलिउडमा काम गर्ने मौका पाउँदैछिन् ।

श्रुतिले सामाजिक सञ्जाल इन्टाग्राममार्फत उक्त कुराको जानकरी दिएकी छन् । अमेरिकन शो ‘ट्रेडस्टोन’मा श्रुतिले नयाँ दिल्लीको एक होटलमा काम गर्ने वेट्रेस नीरा पटेलको भूमिका निभाउनेछिन, उनी वास्तविक रूपमा एक किलर हुन्छिन् तर आफ्नो पहिचान लुकाउन वेट्रेसको काम गरेकी हुन्छिन् ।

एक मनोरञ्ज पोर्टलसँग कुराकानी गर्दै उनले टीभी शो को शूटिङ विदेश र भारतका केही स्थानमा हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement