संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै

संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- केन्द्र सरकारले प्रदेशलाई अधिकार हस्तान्तरण नगरेको भन्दै दबाब दिन आज सातै प्रदेशका मुख्यमन्त्री बागमती प्रदेशको राजधानी हेटौँडामा भेला भएका छन्। केन्द्र सरकारसँग अधिकार माग्न दबाबमूलक कार्यक्रमअन्तर्गत आज उनीहरु हेटौँडामा भेला भएका हुन् ।

हेटौँडामा आयोजित तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीय सरकारमा केन्द्रीय शासन व्यवस्थाको मानसिकता कायमै रहेको बताए। संघीय सरकारमा रहेका व्यक्तिहरूमा सामन्ती निरङ्कुश विचार धारणा कायमै रहेको उनको भनाइ छ ।

उनले हेटौँडाको भेलाले उक्त विचारधारालाई चुनौती दिने बताए । मुख्यमन्त्री यादवले हेटौँडाको भेला पछि संघीयताले सरकारको निरङ्कुश सामन्ती शासन व्यवस्थाको अन्त्य हुने दाबी गरे ।

गत असार १५ र १६ गते पोखरामा भएको मुख्यमन्त्रीहरूको अन्तरप्रदेश बैठकले ६ महिनाभित्र संघले प्रदेशलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गरिसक्नुपर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको राष्ट्रिय समन्वय परिषद्‌को बैठकका निर्णय कार्यान्वयनको समय गुज्रिन लाग्दा पनि संघले तदारुकता नदेखाएपछि मुख्यमन्त्रीहरू हेटौँडामा भेला भएका हुन्।