विराटनगर– कोशप्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालेन्द्र शाह (बालेन) नेतृत्वको संघीय सरकारले प्रदेशको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेको भन्दै असन्तुष्टि जनाएका छन् ।
बजेट निर्माणका लागि प्रदेश सभा सदस्यहरुसँग आयोजित छलफलमा उनले संविधानको व्यवस्थाविपरीत संघीय सरकारले प्रदेशमाथि हस्तक्षेप गरेको बताए ।
कार्कीको असन्तुष्टि संघीय सरकारले सवारी दर्ता रोकेकोप्रति थियो । सरकारले केही दिनअघि नयाँ सवारी दर्तामा तत्कालका लागि रोक लगाइएको सूचना जारी गरेको थियो ।
प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने यातायातको दर्ता र नवीकरणको काममा संघले हस्तक्षेप गर्न नमिल्ने तर्क कार्कीले गरे ।
‘यातायात देशको क्षेत्रधिकारमा पर्छ, समन्वयबिनै संघीय सरकारले नयाँ दर्ता बन्द गरेको छ’, कार्कीले भने, ‘संघीय सरकारबाट हाम्रा हातखुट्टा बाधिँदैछन् ।’
त्यसबाहेक प्रदेशका अरु अधिकारमाथि समेत संघीय सरकारले हस्तक्षेप गरिरहेको कार्कीले बताए ।
कार्कीले मन्त्री र सचिव स्तरीय निर्णय भन्दै संघले प्रदेशलाई आदेश दिने परिपाटी सुरु भएको भन्दै असन्तुष्टि जनाए ।




प्रतिक्रिया