काठमाण्डु– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।
कार्कीलाई एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सांसदले विश्वासको मत दिएका हुन् ।
उनको पक्षमा ५७ मत परेको छ । प्रस्तावको विपक्षमा २२ जना र ४ सांसद् तटस्थ बसेका थिए ।
प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थित थिइन् भने ८३ जना सांसद सहभागी थिए ।
प्रदेशसभामा एमालेको ४०, नेपाली कांग्रेसको २९, नेपाली कम्युनिस्ट पार्टीको १७, राप्रपाको सभामुखसहित ५ र जसपा नेपालको १ जना सांसद छन् ।
गत भदौ ३ गते नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिएका हुन् ।




प्रतिक्रिया