काठमाण्डु– हिमालयन डिस्टिलरीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत वर्षको साधारणसभाबाट १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगदा गरि २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
उक्त लाभांश वितरण तथा अन्य साधारण तथा विशेष प्रस्तावहरु पारित गर्न कम्पनीले पुस २८ गते वीरगञ्जमा बस्नेगरी साधारणसभा बोलाएको छ । गत वर्ष यस कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो।
पुस १८ गतेसम्म कायम रहने सेयरधनीहरू मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन पाउनेछन्।
प्रतिक्रिया