नियमविपरित काम गर्ने तीन वाणिज्य बैंक राष्ट्र बैंकको कार्वाहीमा


काठमाण्डु –  नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा कर्जा निक्षेप अनुपात नपुर्याएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको भन्दै कुमारी, हिमालयन र प्राइम बैंकलाई कार्वाही गरेको हो ।

केन्द्रिय बैंकले प्राइम कमर्शियल बैंकलाई पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र जोखिम भारित सम्पति गणना गर्दा वास्तविकभन्दा कम गरेको र इ.प्रा.नं. १५ ०७९ को व्यवस्था विपरीत प्रिमियम दर बढाई व्याज असुल गरेकाले प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ । यस्तै कुमारी बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै ५९ लाख र हिमालयन बैंकलाई १ करोड ३९ लाख रुपैयाँ जरीवाना तिराएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement