ज्ञानेन्द्र शाहपछि हिमानीमाथि खनिए कमल थापा 


काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा पराजित भएका कमल थापाले पूर्वराजा परिवारमाथि आक्रोश पोखेका छन् ।  उनले आफू पराजित हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात भएको आरोप लगाएका छन् ।

आइतबार थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत पूर्वराजा शाहमाथि आक्रोश पोखेका हुन् । त्यसैगरी राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई पूर्व युवराज्ञी हिमानी शाहले बधाई दिएपछि कमल थापाले कटाक्ष गरेका छन् ।

हिमानीले ट्वीटमार्फत मुलुकले सच्चा राष्ट्रवादी नेता पाएको बताउँदै अध्यक्ष लेङ्देनलाई कार्यकालको शुभकामना दिएकी थिइन् ।  हिमानीको सो ट्वीटमाथि प्रतिक्रिया जनाउँदै कमल थापाले अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा हिमानीलाई पनि हार्दिक बधाई तथा शुभकामना दिएका छन् । 
 

अब चाँडै राजसंस्था पुनःस्थापना हुने भएको हुँदा @HimaniSh123 लाई पनि हार्दिक बधाई तथा शुभकामना https://t.co/a8VzuFRWSr

— Kamal Thapa (@KTnepal) December 5, 2021

प्रतिक्रिया दिनुहोस
Advertisement