हिमानी शाह श्रीमान पारसबारे किन मौन बस्छिन् ?


काठमाडौं – जतिबेला नेपाली समाजसँग पूर्व राजघरानाको दूरी बढ्दै थियो, त्यही समय पूर्व युवराज्ञी हिमानी शाह दुई हात जोडेर विनय एवं शालिन मुद्रामा सर्वसाधारणमाझ पुग्दै थिइन् ।

एकातिर राजसंस्थाको अवशान, अर्का्तिर श्रीमान पारस शाहसँगको बिग्रँदो सम्बन्ध । यस्तो विषमताका बीच पनि हिमानी सन्तुलित, सौम्य र सौहाद्र्ध देखिइन्, जसले उनको छवी आकर्षक बनाइदिएको छ ।

ससुरा ज्ञानेन्द्रले राजगद्दी त्यागेको दुई वर्ष नपुग्दै २०६७ सालमा हिमानी कोष स्थापना गरेर उनी सर्वसाधारणसँग घुलमिल हुन थालिन् ।

हिमानी जहाँजहाँ पुग्छिन्, त्यहाँ सर्वसाधारण झुम्मिन्छन् । मिडियाले पनि उनलाई पच्छ्याइरहेकै हुन्छन्। यद्यपी हिमानीले मिडियामा खुलेर कुराकानी गरेकी छैनन् ।

आफ्नो निजी जीवन वा श्रीमान पारससँगको सम्बन्धलाई सकेसम्म गोप्य नै राख्ने गरेकी छन् । हिमानी पारससँग निकट नदेखिए पनि ससुरा र परिवारसँग घनिष्ट सम्बन्ध कायम राखेकी छन् ।

त्यसैले त कहिले छोराछोरीलाई डोर्याएर राहत बाँड्न पुग्छिन्, कहिले त्रिसरालगायतका रेस्टुराँमा पारिवारिक जमघटमा रमाइरहेकी हुन्छिन् । धर्मकर्ममा पनि हिमानीको बढी नै लगाव देखिन्छ । यो खबर आजको साप्ताहिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement