साउदी अरबमा भीषण हिमपात, सतर्क रहन आग्रह


एजेन्सी – साउदी अरबको उत्तरी हिस्सामा व्यापक हिउँ परेको छ । हिउँ शुक्रबारबाट पर्न सुरु भएको हो ।

अरब न्यूजका अनुसार हिउँले बबल अल–लावज, अल–दाहेर तथा अल्कान पर्वत ढाकिएको छ । साउदी अरबको यो उत्तरी हिस्सा पर्यटकमाझ व्यापक लोकप्रिय रहँदै आएको छ । यो क्षेत्रमा सवारी साधनको चाप व्यापक हुने गरेकाले सरकारले यहाँको सुविधामा विस्तार गरेको छ ।

अरब न्यूजका अनुसार यो क्षेत्रमा तापक्रम शून्य भन्दा पनि तल झरेको छ । प्रशासनले मानिसलाई यो मौसमको विषयलाई लिएर सतर्क रहन आग्रह गरेको छ । मौसम विभागले ताबुक, मदिना तथा उत्तरी सीमावर्ती क्षेत्रमा भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

अरबी अखबार अशराक अल–अवसातका अनुसार साउदी अरबमा प्रत्येक वर्ष जबल अल–लावज, जबल अल–ताहिर तथा ताबुकको जबल अल्कान पर्वतमा दुई देखि तीन हप्ता हिउँ पर्ने गरेको छ ।

यो पर्वत साउदी अरबको उत्तर पश्चिम क्षेत्रमा रहेको छ । साउदीमा यहाँ हिउँ परेपछि व्यापक चहलपहल हुने गरेको छ । हिउँ परेपछि साउदीका मानिसहरु यो क्षेत्रमा जाने गर्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement