इतिहास निर्माण र लोकतन्त्र स्थापनामा महिलाहरुको अहम भूमिका : नेता खाँण


काठमाडौं – प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक एवम् पूर्व रक्षामन्त्री बालकृष्ण खाँणले मुलुकमा दुई-दुई पटक महिला राष्ट्रपति हुनु गर्वको विषय भएको बताउँदै संवैधानिक दायरमा रहन आग्रह गरेका छन् ।

शुक्रबार जागरण कार्यक्रमअन्तर्गत नेपाल महिला संघ काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले मुलुकमा दुई-दुई पटक महिला राष्ट्रपति हुनु गर्वको विषय भएको बताउँदै संवैधानिक दायरमा रहन आग्रह गरेका हुन् ।

उनले भने, “महिला राष्ट्रपति हुनुहुन्छ हामी गर्व गर्छौं र बधाई दिन चाहन्छौं तर संवैधानिक दायरामा बस्न आग्रह गर्द्छु । जनताको सरकार, नेपाल सरकारलाई मेरो सरकार भन्नु गलत हो । मेरो सरकारको आशय एक दलीय शासन व्यवस्था ल्याउने हो ?“

इतिहास निर्माण र लोकतन्त्र स्थापनाको लागि महिलाहरुको अहम भूमिका रहेको उनले बताए । उनले भने, “ अब लोकतान्त्रिक व्यवस्थालाई रक्षा गर्न घर घरमा चेतना ल्याउन नेपाल महिला संघको प्रमुख दायित्व रहेको छ ।“ जनता नै शक्तिको मुल श्रोत भएकोले जनतामाझ पार्टीको नीति कार्यक्रम लैजान जरुरी भएको उल्लेख गर्दै उनले भने, “महिला संघ त्यो शक्ति हो जसले घरघरमा नीति कार्यक्रम लैजान सक्नुहुन्छ।“

संविधानमा भएको महिला सहभागिताको प्रावधान नेपाली कांग्रेसले पार्टीको विधानमै राखेको दाबी गरे । उनले भने, “तर नेकपामा महिलाहरुलाई अझै समेट्न सकेको छैन । नेपाली कांग्रेस ५०५ महिला सहभागी गराउने चाहना छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement