कुलमानकाे नियुक्तिविरुद्ध सर्वोच्च पुगे हितेन्द्र, कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग

कुलमानकाे नियुक्तिविरुद्ध सर्वोच्च पुगे हितेन्द्र, कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उर्जा आयोगमा सरुवा भएका हितेन्द्रदेव शाक्यले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । सरकारले हितेन्द्रलाई हटाएर कुलमान घिसिङलाई नियुक्त गरेको छ ।

उनले कार्यकारी निर्देशक कुलमानको नियुक्ति बदर गर्न र उक्त स्थानमा आफूलाई थमौती गर्न माग गर्दै रिट दायर गरेका छन् । पदाधिकारीबाट आफूलाई हटाएको आधिकारिक पत्र नपाएको र सरकारले आफूलाई हटाएर कुलमानलाई ल्याउँदा संविधान सम्मत अधिकार हनन भएको उनको दावी छ ।