जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति बन्दै गइरहेका छन् : ह्वावे एसिया प्यासिफिक अध्यक्ष


मलेसिया – ह्वावे एसिया प्यासिफिकका अध्यक्ष जेफरी लियूले ह्वावेले जलवायु परिवर्तन र ग्रीन विकासमा आसियानको सहयोगलाई सक्षम पार्न यसको डिजिटल पावर इनोभेशनको लाभ उठाउने बताएका छन् ।

शुक्रबार भर्चुअलमार्फत आयोजित ‘आसियान–चीन डिजिटलइको नोमीडेभ्लप्मेन्ट एण्डको ओपरेशन फोरम २०२१’ मा बोल्दै अध्यक्ष लियूले जलवायु परिवर्तन र वातावरणीय मुद्दाहरू विश्वव्यापी चुनौति बन्दै गइरहेको बताए ।

उनले आर्थिक मन्दी र विश्वव्यापी लकडाउनका कारण विगतका वर्षको तुलनामा कार्बन उत्सर्जनमा गिरावट आएको भएपनि अर्थ व्यवस्था फेरि खुल्दा उत्सर्जन द्रुतगतिमा गइरहेको बताए । उनले भने, ‘सर्कुलर अर्थतन्त्रमा परिवर्तन हुनु र दिगो विकासको प्राप्ति गर्नु अब सबै देशको साझा लक्ष्य हो ।’

विश्वका २० वटा सबैभन्दा बढी कमजोर क्षेत्रमध्ये छ वटा आसियानका सदस्य राष्ट्रहरूमा सम्भावित जलवायु परिवर्तनले महत्वपूर्ण क्षेत्रीय प्रभाव पारेको छ ।

आसियानले वर्षौंको अवधिमा विभिन्न वातावरणीय, आर्थिक र सामाजिक गतिविधिहरूको माध्यमबाट जलवायु परिवर्तन सम्बोधन गर्ने कार्य गरेको छ ।

‘विश्वव्यापी रूपमा हामीलाई कार्बन न्यूट्रालिटिको लक्ष्य भएको ग्रीन औधोगिक क्रान्ति चाहिन्छ । डिजिटल अर्थव्यवस्था बढ्दै जाँदा उत्सर्जन घटाउने गतिले देशहरूलाई व्यापार अवरोधको जोखिम व्यवस्थापन गर्न र थप स्वतन्त्र व्यापार सम्झौताहरू सुरक्षित गर्न मद्दत पु¥याउँछ,’ अध्यक्ष जेफरी लियूले भने ।

आईसीटी प्रविधि ऊर्जा संरक्षण र अन्य उधोगहरूमा उत्सर्जन घटाउने महत्वपूर्ण सक्षम कर्ता हो । आईसीटी प्रविधिद्वारा सक्षम अन्य उधोगहरूमा कार्बन उत्सर्जनमा आएको कमी आईसीटी उधोगहरूले नै उत्सर्जित कार्बनको मात्रा १० गुणा बढी हुने अनुमान गरिएको छ ।

‘ह्वावेले आफ्नो डिजिटल पावर व्यवसाय विकास गर्न र विभिन्न उद्योगहरूको लागि डिजिटल पावर सोलुसन प्रदान गर्नेछन्, क्लाउड र अन्य इनोभेटिव प्रविधिमा प्राविधिक विशेषज्ञता साथसाथै विद्युतीय इलेक्ट्रोनिक्स र उर्जा स्टोरेजमा व्यापक अनुभव उपयोग गर्दै आएको छ,’ लियूले भने ।

नवीकरणीय ऊर्जा प्रबर्धन गर्न ह्वावेले १७० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो डिजिटल उर्जा सोलुसनहरू परिचालन गरेको छ, जसले विश्वको एकतिहाई जनसंख्यालाई सेवा प्रदान गर्दछ । डिसेम्बर २०२० सम्म यी सोलुसनहरूले नवीकरणीय स्रोतहरूबाट ३२५ बिलियन किलोवाट बिजुली उत्पादन गरेको छ भने कुल १० बिलियन किलोवाट बिजुली बचाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement