चुनावकै मुखमा गृहसचिव फेरिए, सिंहले पाए जिम्मेवारी


काठमाण्डु- सरकारले निर्वाचनकै मुखमा गृहसचिव परिवर्तन गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरेर विनोदप्रकाश सिंहलाई गृहमा ल्याएको छ । सिंह प्रदेश नं १ मा प्रमुख सचिव थिए ।

यसैगरी, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ भने आपूर्ति मन्त्रालयका गणेश पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका प्रमुख प्रेम भट्टराईलाई हटाएको छ । उनि हाल सिंगापुरमा छन् । उनको ठाउंमा प्रधानमन्त्री कार्यालयका ताराप्रसाद अधिकारीलाई ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement