गृहमन्त्री बादल र फ्रान्सेली राजदुत भेटवार्ता : फ्रान्सेली पर्यटकको सुरक्षाबारे चांसो


काठमाडौँ-  गृहमन्त्री रामबहादुर थापा‘बादल’ सँग नेपालका लागि फ्रान्सका राजदुत फंसोआ जाविये लेजेले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।गृहमन्त्रालयमा भएको सो भेटमा नेपाल–फ्रान्स सम्बन्ध, द्धिपक्षीय हित र आपसी सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा गृहमन्त्री थापाले नेपालको विकासमा फ्रान्सले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दैे आगामी दिनमा समेत सहयोगले निरन्तता पाउने विश्वाँस व्यक्त गर्नुभयो ।नेपालमा लगानी गर्ने अहिले उपयुक्त समय रहेको भन्दै गृहमन्त्री थापाले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन लगायतका क्षेत्रमा फ्रान्सेली लगानीकर्तालाई लगानीका लागि आवश्यक समन्वय गरीदिनका राजदुत लेजेलाई आग्रह गर्नुभयो ।

उहाँले संयुक्त राष्ट्रसंघिय शान्ति मिशनमा जाने नेपाली केही सुरक्षाकर्मीलाई फ्रान्सले फ्रान्सेली भाषा सिकाउन गरेको सहयोगप्रति राजदुतमार्फत फ्रान्स सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले सुरक्षाकर्मीलाई तालिम र विपद व्यवस्थापनका लागि आवश्यक सामाग्रीमा सहयोगका लागि राजदुतसँग आग्रह गर्नुभयो ।
राजदुत लेजेले केही समयअघि नेपाल र फ्रान्सका सांसदहरु रहेको समुह निर्माण भएको बताउँदै यसले दुई देशबिच थप सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वाँस व्यक्त गर्नुभयो ।

नेपालमा वर्षेनी ३० हजार बढी फ्रान्सेली पर्यटकहरु नेपाल भ्रमण आउने गरेको र उनिहरुको सुरक्षाबारे चाँसो व्यक्त गर्दै राजदुत लेजेले हालसम्म नेपालले फ्रान्सेली पर्यटकहरुलाई दिँदै आएको सुरक्षाबाट आफुहरु सन्तुष्ट रहेको बताउनुभयो ।

विपद् व्यवस्थापन लगायतका अन्यक्षेत्रमा नेपाललाई सहयोग गर्न आफुहरु तयार रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement