होलीमा एसिड प्रहार, तीन जना घाइते


काठमाण्डु – होली खेल्ने क्रममा छ्यापेको एसिडले लागेर तीन जना घाइते भएका छन् ।

काठमाण्डुको शंखरापुर नगरपालिका–१ मा होली खेल्ने क्रममा डेरीमा रहेको एसिड छ्याप्दा १६ वर्षीया किशोरी, ११ र ९ वर्षका बालक घाइते भएका महानगरीय प्रहरी परिसर, काठमाण्डुका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ एसएसपी सिंहले बताए । घटनामा संलग्न भएको आरोपमा प्रहरील दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा १७ वर्षका पवन पहाडी र १८ वर्षका आकास तामाङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement