आजको सेयर : सेयर मूल्यमा रेकर्ड राखेको हिमालयन रि–इन्स्योरेन्सले गर्‍यो झण्डै डेढ अर्बको कारोबार

आजको सेयर : सेयर मूल्यमा रेकर्ड राखेको हिमालयन रि–इन्स्योरेन्सले गर्‍यो झण्डै डेढ अर्बको कारोबार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– हिजो ६५ अंकको उछाल आएको सेयर बजार आज घटेको छ । यसदिन सेयर बजार १३.६५ अंकले घट्यो भने परिसुचक २८७६ बिन्दुमा पुगेर रोकियो ।

यसदिन ३ करोड १२ लाख कित्ता सेयर किनबेच हुदा १४ अर्ब २८ करोडको कारोबार भयो । आज कारोबारमा आएका ५१ कम्पनीको सेयर बढ्यो भने १८७ कम्पनीको सेयर घट्दा ६ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज कारोबारका आधारमा सर्वाधिक हिमालय रि इन्सुरेन्स एक्लैले १ अर्ब बढीको कारोबार गर्यो । आज हिमालय रि इन्सुरेन्सले १ अर्ब ३८ करोडको कारोबार गर्यो ।

हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्यले नयाँ रेकर्ड समेत बनाएको छ । सोमबारको कारोबारमा हिमालयन रि–इन्स्योरेन्सको सेयर मूल्य १ हजार ९७ रूपैयाँ पुगेको थियो । सोमबारको कारोबार बन्द हुँदा सम्म उक्त कम्पनीको सेयर मूल्य १ हजार ९३ रुपैयाँमा पुगेर रोकियो ।

गत बिहीबार प्रतिकित्ता एक हजार ७० रूपैयाँसम्म पुगेको थियो । रि इन्स्योरेन्स कम्पनीहरूले चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्ने व्यवस्थाले कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन्।

यसदिन गार्डियन माइक्रोलाइफ र दिव्यस्वरी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट लाग्यो भने समाज लघुबित्तको सेयर १० प्रतिशतले घट्यो ।