विपद्सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले केही नेपाल ऐन संशोधन गर्ने, प्रस्ताव तयार

विपद्सम्बन्धी कार्य व्यवस्थित गर्न सरकारले केही नेपाल ऐन संशोधन गर्ने, प्रस्ताव तयार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले विपद्सम्बन्धी कार्यलाई व्यवस्थित गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने भएको छ ।

गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सामाजिक सञ्जालमार्फत जनाएको छ ।

गम्भीर प्रकृतिको विपद्बाट मृत्यु भएका व्यक्तिको शव खोजतलास, भण्डारण तथा परिवारलाई हस्तान्तरण, बेपत्ता हुनेको परिवारलाई उपलब्ध गराउनुपर्ने न्यूनतम राहत र बेपत्ता भएका व्यक्ति फेला नपरेमा मृत्युको न्यायिक घोषणालगायतका व्यवस्थाका लागि विधेयक तयार पारिएको हो ।

मन्त्रालयले हाल विधेयकका सम्बन्धमा विधायन ऐन, २०८१ बमोजिम सूचना प्रकाशित गरी सर्वसाधारणको राय माग गरेको छ । सूचना प्रकाशन भएको ७ दिनभित्र [email protected] मा इमेल गरी सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।