लकडाउनमा थप कडाई, कार्यालय सञ्चालनमा गृहले ल्यायो आलोपालो नियम


काठमाडौं – नेपालमा कोरोना संक्रमित दिनानुदिन बढिरहेका बेला सरकारले लकडाउनमा थप कडाई गरेको छ । गृहमन्त्रालयले जेठ २० गतेसम्म जारी लकडाउन सार्वजनिक सेवा सञ्चालनका लागि निश्चित मापदण्ड तोकेको छ ।

गृहले बैंक तथा वित्तिय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत अति आवश्यकीय सेवा प्रवाह गर्ने कार्यका लाग आवश्यक पर्ने कर्मचारीमध्ये एकतिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्नुपर्ने नियम ल्याएको छ ।

त्यस्तै गृहले ति आवश्यकीय सेवा प्रदान गर्न सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरुमा अति आवश्यकपर्ने न्यूनतम कर्मचारीलाई आलोपालो गरी कार्यालय सञ्चालन गर्नेुपर्ने बताएको छ ।

त्यस्तै गृहले अतिआवश्यकीय सरकारी कार्यालयका लागि सम्बन्धित मन्त्रालय वा निकायको सचिव र अन्य निकायका लागि सम्बिन्धत निकायको प्रमुखको सिफारिसमा एक चौथाइ सवारी साधनका लागि पास उपलब्ध गराउनुपर्ने नियम तोकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement