सिरहाको गोलबजारमा मारिएका यादवका आफन्तलाई भेट्दै गृहमन्त्री गुरुङ

सिरहाको गोलबजारमा मारिएका यादवका आफन्तलाई भेट्दै गृहमन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री सुधन गुरुङले सिरहाको गोलबजारमा मारिएका गणेश यादवका आफन्तलाई भेट्दै छन् ।

सिरहामा प्रहरीको गोली लागेर धनगढीमाई नगरपालिका–तुलसियाहीका रामवृक्ष यादवका छोरा गणेश यादवको मृत्यु बिहीबार भएको थियो । यादवका आफन्तलाई भेट्न मन्त्री गुरुङ शुक्रबार सिरहा जाँदैछन् ।

सिरहाको गोलबजारमा कर्फ्यू आदेश जारी रहेका बेला भएको झडपका क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो ।

गृहमन्त्री गुरुङले यादव परिवारलाई भेट्ने र जिल्लाको पछिल्लो अवस्थाबारे प्रहरी प्रशासनका अधिकारीहरुबाट जानकारी लिने कार्यक्रम छ ।

बिहीबार राति गृहमन्त्री गुरुङले देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जमा मृतकका आफन्तलाई भेटेका थिए । उनको उपस्थितिमा मृतकका परिवारसँग सात बुँदे सहमतिमा हस्ताक्षर समेत भएको छ ।