जननेता भण्डारी र आश्रितको हत्यारा छिट्टै पत्ता लाग्छः गृहमन्त्री


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी र जीवराज आश्रितको हत्याराको खोजी कार्य सुरु गरेको बताएका छन् ।

जननेता मदन भण्डारीको २६औं स्मृतिसभालाई सम्बोधन गर्दै मदन भण्डारी स्मृति बाटिका, कोटेश्वरमा उनले छानबिन प्रक्रिया सुरू गरिएकाले छिट्टै हत्यारा पत्ता लाग्ने बताए ।

नेकपा एमालेका तत्कालीन महासचिव भण्डारी र संगठन विभाग प्रमुख आश्रितको ०५० जेठ ३ गते चितवनको दास ढुंगामा जीप दुर्घटनामा परी निधन भएको थियो । जुन दुर्घटनालाई आजसम्म रहस्मय ठानिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement