घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला छैन : गृहमन्त्री बादल


काठमाडौं– गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म मुलुक समृद्ध हुन नसक्ने बताएका छन्।

नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको मंगलबार उद्घाटन गर्दै गृहमन्त्री थापाले भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका हुन्।

भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा नचल्ने उल्लेख गर्दै गृहमन्त्री बादलले मुलुकमा सुशासन र शान्ति स्थापना गर्ने प्रतिबद्धता ब्यक्त गरे।

मन्त्री थापाले मुलुकलाई समृद्ध बनाउन पनि सुशासन र शान्ति स्थापना गर्न ढिलाई गर्न नहुनेमा आफू सचेत रहेको स्पष्ट पारे ।

गृहमन्त्री भएपछि थापाको यो पहिलो औपचारिक कार्यक्रम हो। थापा सोमबार मात्रै गृहमन्त्रीमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement