सात प्रदेशका डीआईजीलाई गृहमन्त्रीको ब्रिफिङ, दिए यस्तो निर्देशन


काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेशमा सरुवा भएका सशस्त्र प्रहरी बलका डीआईजीहरुलाई आफ्नो कार्यक्षेत्रमा इमान्दारीपूर्वक काम गर्न निर्देशन दिएका छन् ।

आज गृह मन्त्रालयमा निर्देशन दिँदै गृहमन्त्री थापाले राष्ट्र सेवकको मूल्यांकन उसले दिने परिणामबाट मात्र थाहा हुने भन्दै परिणाम निस्किने गरी काम गर्न निर्देशन दिए ।

गृहमन्त्री थापाले राज्यले दिएको जिम्मेवारी अनुरुप शान्तिसुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै सीमामा हुने तस्करी, राजस्व चुहावट नियन्त्रणमा विशेष ध्यान निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement