गृहले गर्‍यो दुई सहायक सीडीओसहित ६ उपसचिवको सरुवा तथा पदस्थापन

गृहले गर्‍यो दुई सहायक सीडीओसहित ६ उपसचिवको सरुवा तथा पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-गृह मन्त्रालयले दुई सहायक प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई सरुवा तथा पदस्थापन गरेको छ । यस्तै गृहले छ जना उपसचिवको पनि सरुवा तथा पदस्थापन गरेको छ ।

गृह मन्त्रालयले मन्त्रालय तथा मातहतका जिल्लामा कार्यरत सहायक प्रमुख जिल्ला अधिकारीसहित उपसचिवहरूलाई सरुवा तथा पदस्थापन गरेको हो ।

गृह मन्त्रालयका उपसचिव तेज राज शर्मालाई इलाका प्रशासन कार्यालय सिमरा, खिमलाल भुसाललाई कारागार कार्यालय पर्सा, देवी पाण्डे खत्रीलाई जिल्ला प्रशासन कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । यसैगरी गृहकै उपसचिव विजयराज सुवेदीलाई जिल्ला प्रशासन कार्यालयको धनुषाको सहायक प्रमुख जिल्ला अधिकारी बनाई पठाइएको छ ।

जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद रेग्मीलाई इलाका प्रशासन कार्यालयसुनसरी र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधी खनाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।