काठमाण्डु – डाबर नेपाल प्रालि जितपुर सिमराले उत्पादन गरेको ५०० ग्राम तौलको मह न्युनस्तर खाद्य पदार्थ रहेको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले गरेको परीक्षणमा मह न्युनस्तर रहेको पाइएको छ ।
विभागले अनुगमनका क्रममा संकलन गरेको खाद्य पदार्थको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्युनस्तर पाइएको विभागले जनाएको छ ।
विभागले सबै मह बजारबाट तत्काल फिर्ता गर्नुका साथै खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ को दफा ३८(४) बमोजिम बिक्रीवितरण नगर्न आदेश गरेको छ ।





प्रतिक्रिया