एसीसी प्रिमियर कपको तेस्रो स्थानका लागि आज हङकङ र नेपाल खेल्दै


काठमाण्डु – एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेल आज हुदैँछ । ओमानमा जारी प्रतियोगितामा सेमीफाइनल खेलमा पराजित भएको नेपालले आज हङकङसँग तेस्रो स्थानका लागि खेल्न लागेको हो। खेल अपराह्न ४ बजेर १५ मिनेटमा सुरू हुनेछ।

शुक्रबार सम्पन्न दोस्रो सेमिफाइनलमा हङकङ ओमानसँग पराजित भएपछि तेस्रो स्थानको लागि नेपालसँग खेल्ने भएको हो । यस अघि शुक्रबार नै सम्पन्न पहिलो सेमिफाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजति भएको थियो ।

तेस्रो स्थानको विजेताले फाइनलमा पुगेका दुई देशसहित आगामी इमर्जीङ टिम्स एशिया कप खेल्न पाउने छ । त्यस्तै एसीसी प्रिमियरको कपको फाइनलमा भने आयोजक ओमान र युएई आइतबार खेल्ने छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement