हङकङ सिक्सेस : युएईसँग नेपाल ५ विकेटले पराजित

हङकङ सिक्सेस : युएईसँग नेपाल ५ विकेटले पराजित


काठमाण्डु-हङकङ सिक्सेसमा नेपाल युएईसँग पराजित भएको छ । आइतबार हङकङमा भएको सेमिफाइनलमा नेपाल युएईसँग ५ विकेटले पराजित भएको हो ।

जितका लागि नेपालले दिएको ९५ रनको लक्ष्य युएईले ५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । नेपालका लागि राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा ३ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपालका लागि विवेक यादवले सर्वाधिक ४९ रन जोड्दै नट आउट रहे । १६ बलमा ३ चौका र ५ छक्काको प्रहार गर्दै उनले ४९ रन बनाए । यसैगरी लोकेश बमले १९, प्रतिश जिशीले १४ र कप्तान सन्दीप जोराले ७ रन बनाए । राशिद खान शून्य रनमा आउट भए ।