काठमाण्डु– यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटमा नेपाललाई हङकङले ११६ रनको समान्य लक्ष्य दिएको छ।
तल्लो मुलपानी मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ११५ रनमा अलआउट भयो ।
हङकङले ४६.२ ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र बनाउन सक्यो ।
हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन ,अर्या पञ्जावनीले १३ रन, ह्यारी थोमस होग्सनले १० रन बनाउँदा भीर माथुरले १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
नेपालका लागि युवराज खत्रीले ४ र बिपिन शर्माले ३ विकेट लिए भने सन्तोष यादवले २ र अशोक धामीले १ विकेट लिए।
प्रतिक्रिया