प्रोस्टेटको समस्याले रक्षामन्त्री खड्का अस्पताल भर्ना, छाउनीमा उपचार हुँदै


काठमाण्डु – उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का प्रोस्टेट सम्बन्धी समस्या देखिएर उपचारका लागि अस्पताल भर्ना भएका छन् ।

उपप्रधानमन्त्री खड्काको नेपाली सेनाको छाउनी अस्पतालमा उपचार भइरहेको छ ।

कांग्रेस उपसभापति समेत रहेका खड्काको प्रोस्टेटको शल्यक्रिया गरिएको छ । उनलाई थप केही दिन अस्पतालमा राखिने भएको छ ।

उनको स्वास्थ्यमा सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement