पूर्व राष्ट्रपति भण्डारीले अस्पताल पुगेर भेटिन् गृहमन्त्री श्रेष्ठलाई


काठमाण्डु – पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अस्पताल पुगेर उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेकी छन् ।

आज शनिबार गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी पुगेर पूर्व राष्ट्रपति भण्डारीले मन्त्री श्रेष्ठलाई भेटेको गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

भण्डारीले श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्य लाभको शुभकामना दिएकी छन् । गृहमन्त्री श्रेष्ठ नियमित उपचारका लागि मंगलबार रातिदेखि गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा भर्ना भएका छन् ।

गत असोज ३० देखि कात्तिक १ गतेसम्म उनी चीन भ्रमणमा गएका बेला मुटुमा समस्या देखिएपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टि धमनीमा समेत केही अवरोध देखिएको थियो ।

हाल श्रेष्ठको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement