काठमाडौं – जनकपुरबाट एक जना कोरोना संक्रमित भागेका छन् । प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट मानसिक सन्तुलन ठिक नभएका सर्लाहीका ४० वर्षीय पुरुष भागेका हुन् ।
धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले आइतबार बिहान आइसोलेसन कक्षबाट भागेका संक्रमितको खोजी भइरहेको जानकारी दिए ।




प्रतिक्रिया