सरकारले महामारीमा निजी अस्पताल उपयोग गर्ने


काठमाडौं – सरकारले निजी अस्पताललाई महामारीका बेला उपयोग गर्न सक्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट सार्वजनिक गर्दै महामारीका बेला निजी अस्पताललाई सरकारले उपयोग गर्न मिल्ने बताए ।

उनले निजी अस्पतालमा कार्यरत डाक्टरले जिल्लाका स्थानीय तहका अस्पतालमा विशेषज्ञ सेवा दिनु पर्ने पनि खतिवडाले बताए ।

खतिवडाले अब निजी अस्पतालका चिकित्सकले निश्चित समयसम्म अनिवार्य सरकारी अस्पतालमा सेवा गर्नैपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement