अञ्चल र उपक्षेत्रीय अस्पतालसहित २५० स्वास्थ्य संस्था प्रदेशलाई हस्तान्तरण


काठमाडौँ–  संघीय सरकारले केही अञ्चल र उपक्षेत्रीय अस्पतालसहित २५० स्वास्थ्य संस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ।

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार १४ अस्पताल केन्द्र सरकारकाे मातहत राख्दै बाँकी सबै अस्पताल र स्वास्थ्यसंस्था प्रदेश सरकारलाई हस्तान्तरण गरेको हाे।

प्रदेश १ मा कोशी अञ्चल अस्पतालसहित ४५ वटा स्वास्थ्य संस्था, २ मा नारायणी उप क्षेत्रीय अस्पतालसहित २७, ३ मा भरतपुर अस्पतालसहित ३८, गण्डकी प्रदेशमा ३६ स्वास्थ्य संस्था , ५ मा भेरी अञ्चल अस्पताल सहित ४१, कर्णाली प्रदेशमा ३२ वटा स्वास्थ्य संस्था र सुदूरपश्चिमको डडेल्धुरा उप–क्षेत्रीय अस्पतालसहित  हस्तान्तरण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

विशेषज्ञ सेवा प्रदान गर्ने अस्पताल, विशिष्ट सेवा प्रदान गर्ने अस्पताल, शैक्षिक प्रतिष्ठान संघ अर्थात केन्द्र सरकारले हेर्ने व्यवस्था गरिएको छ । यस्तै जिल्ला सदरमुकाम भन्दा बाहिरको रहेको १५ वेडको अस्पताल स्थानीय तहमा रहने निर्णय सरकारले गरेको छ । बाँकी रहेका सम्पूर्ण अस्पताल प्रदेश सरकारले हेर्ने छन् ।

मन्त्रालयले १० औं तहको कर्मचारीलाई प्रदेश सरकारले नै भर्ना गर्न पाउने व्यवस्था पनि गरेको छ।

केन्द्र सरकारको जिम्मामा १४ वटा स्वास्थ्य संस्थाहरु रहेका छन् । ९ वटा स्वास्थ्य संस्था ३ नम्बर प्रदेशमा रहेका छन् भने अन्य ५ वटा स्वास्थ्य संस्था अन्य प्रदेशबाट पछि थप गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement