आलुको अचार बनाउने तरिका


काठमाण्डु – प्राय सबै नेपालीलाई अचार मन पर्छ । त्यैमाथि पनि आलुको अचार भनेपछि हुरुक्क हुन्छन् । आज शनिबार अलि फरक के बनाउने भनेर सोच्दै हुनुहुन्छ होला ? आज हामीले साथी भाइसँग बसेर खाजाकै रुपमा पनि खान सकिने आलुको अचार बनाउने तरिका सिकाउदैछौँ ।

सामाग्रीः
आलु उसिनेको आधा केजी, मूला १०० ग्राम, काँक्रो १०० ग्राम, गाजर ८० ग्राम , तिल पिसेको २ ठुलो चम्चा, मटर केराउ, हरियो केराउ या सानो केराउ इच्छा अनुसार भिजाएको, लप्सी ८ पिस जति उसिनेको, हरियो खुर्सानी तीन पिस जति, हरियो धनियाँ चप २ ठुलो चम्चा, नून स्वाद अनुसार, खुर्सानीको धुलो आवश्यकता अनुसार

बिधिः
सबै भन्दापहिले उसिनेको आलुबाट बोक्रा छोडाउने, सानो टुक्रा बनाएर काटेर एउटा भाँडोमा राख्ने । त्यसपछि गाँजर, मुला, काँक्रोलाई लामो कटमा काटेर आलुमा मिसाउने । अब त्यसमा केराउ, हरियो खुर्सानी लाई चिरा पार्ने र सानो केराउ पनि मिसाउने । त्यसपछि लप्सीलाई माड्ने सो आलु काँक्रो भएको भाँडोमा राख्ने र मोल्ने ।

अब फेरि त्यसमा तेल, नून, खुर्सानीको धूलो, अलिकति पानी हालेर हातले मजाले मोल्ने । यसमा कागतीको रस पनि राख्नुभयो भने अझ राम्रो हुन्छ । अब अचारलाई झान्ने तेल तताउने र मेथी फुराएर झान्ने । फेरि यसलाई राम्रोसँग चलाउने अचार तयार भयो । तयार भएको अचार खाना , चिउरा या भुजासंग खान सक्नुहुने छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement