मास्क प्रयोग कसरी गर्ने ?


काठमाण्डु – कोरोना महामारीबाट विश्व नै आक्रान्त बनिरहेको अवस्थामा पछिल्लो समय मास्कको प्रयोग गर्नेहरू बढेका छन् । कोरोना भाइरस संक्रमित बढीरहेका बेला विज्ञहरुले मास्कको प्रयोग गर्न सुझाव दिइरहेका छन् ।

घरबाहिर निस्कँदा होस् या भिडभाडमा जाँदा आफू सङ्क्रमित हुन र अरूलाई पनि त्यसको जोखिमबाट बचाउन मास्कले धेरै हदसम्म सहयोग पुर्‍याउने चिकित्सकहरू बताउँछन् ।

यसरी प्रयोग गर्नुस मास्क:

– मास्क प्रयोग गर्नुपूर्व साबुन पानीले २० देखि ६० सेकेण्डसम्म मिचिमिची हात धुने ।

–मास्क शुद्ध र सफा छ या छैन भनेर यकिन गर्ने ।

–मास्क निकाल्ने बेलामा मास्कको दुवैतर्फको डोरीमा मात्रै समाएर नाक, मुख र चिउँडो समेत छोपिनेगरी मास्क लगाउने ।

–मास्क लगाउँदा मास्क र अनुहारकोबीचमा कतै पनि खाली ठाउँ नराख्ने (दायाँबायाँबाट सास निस्कने छिद्र पनि राख्नुहुँदैन)

–मास्क लगाइरहेको बेलामा मास्कलाई हातले नचलाउने ।

–मास्क निकाल्ने बेलामा पनि मास्क लगाउने बेलामा जस्तै साबुन पानी वा अल्कोहल मिसिएको कुनै बस्तुले हात धुने ।

– दुवै हातले मास्कको डोरीमा समाएर बिस्तारै मास्क निकाल्ने ।

–मास्क खोलीसकेपछि फेरि साबुनपानीले हात धुने ।

–आफूले प्रयोग गरेको मास्क अरूलाई प्रयोग गर्न नदिने ।

– कपडाको मास्क भिजेको छ भने त्यसलाई सुख्खा बनाएर मात्रै प्रयोग गर्ने ।

–कपडाको मास्क फोहोर भएको छ भने त्यसलाई साबुनपानीले धुने र घामले भेट्ने ठाउँमा सुकाउने ।

–मास्क डिस्पोज गर्दा ढक्कन भएको भाडोमा मात्रै फाल्ने गर्नुुपर्दछ।

प्रतिक्रिया दिनुहोस
Advertisement