काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहित दलहरूले राजसंस्था पुनःस्थापनाको आन्दोलन गरिरहेका बेला प्रश्न उठ्ने गर्छ – राजा कसलाई बनाउने ?
जेठ १५ गतेका लागि घोषणा गरिएको आन्दोलन सम्बन्धी मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजकलाई प्रश्न सोधियो – अबको राजा ज्ञानेन्द्र कि हृदयेन्द्र ?
राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने जवाफ दिए । उनले भने, ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं । उहाँ २०–२१ वर्षको हुनुभयो । अब वृद्ध राजा चाहिन्छ भन्नुहुन्छ भने त्यसमा ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्छ । यसबारेमा सहमतिमा आउनुपर्छ ।’
राजसंस्थावादीहरूले ज्ञानेन्द्रकै सहमतिमा हृदयेन्द्रलाई राजा बनाउन सकिने तर्क गरेका छन् । राजावादीहरूको वैचारिक अस्तित्व संकटमा पार्न दलहरू सक्रिय रहेको भन्दै उनले त्यसविरुद्ध रियलाइजेसन महत्त्वपूर्ण रहेको बताएका छन् ।
प्रतिक्रिया