प्रेरणाको स्रोत बनेका तीन युवाको व्यवसायः सामान ओसार्नका लागि सस्तो र भरपर्दो उपाय सिटी कार्गो !


–निशेष खनाल

काठमाडौं – काठमाडौं उपत्यकामा सामान ओसार्ने गाडी नपाएर भौतारिरहनु भएको छ ?, कुरियर गरेको सामान लैजान समस्या भएको छ ? वा भाडामा कुरा नमिलेर तनावमा हुनुहुन्छ ? अथवा गाडी खोज्न जानुपर्ने झन्झटमा हुनुहुन्छ ?

अब चिन्ता नगर्नुहोस् । घरमै बसीबसी आफूले सोचेकै मूल्यमा सामाना ओसार्ने गाडी तपाईले भनेको ठाउँमा आइपुग्छ । ग्राहकहरुको रोजाइलाई ध्यान दिँदै रोजगारीको शिलशिलामा विदेश पुगेका तीन जना युवाले काठमाडौं उपत्यकामा उपाय सिटी कार्गो सेवा सञ्चालनमा ल्याएका छन् ।

के हो उपाय सिटी कार्गो ?

उपाय सर्भिसेस लिमिटेडको नामबाट कम्पनी सुरु भएको एक वर्ष भयो । तीन महिनासम्म तीन जना युवाहरु बजार अनुसन्धानमा लागे । उनीहरुले तीन महिनासम्म बजार अध्ययन गरे । यो कम्पनीले तपाईलाई घर सर्नुपर्यो । अथवा फर्निचर एक ठाउँबाट अर्को ठाउँमा सार्नुपर्यो, हार्डवेयर पसल, कन्सट्रक्सनका ठूलाठूला सामानहरु सार्नुपर्यो भने यो कम्पनीले सस्तो मूल्यमा सेवा दिन्छ ।

मोबाइल एप्समार्फत सामान बोक्न मिल्ने हात्ती गाडी, टाटा ऐस, टाटा मोटर्सलगायतका कम्पनीका गाडीहरु अनलाइनबाट बुकिङ गर्न मिल्छ । यसका लागि तपाईले उपाय सिटी कार्गो भन्ने एप्स डाउनलोड गर्नुपर्नै हुन्छ । डाउनलोड गरेर आफ्नो सामान अनुसारको गाडी बुक गर्न मिल्छ । बुकिङ गरेको उक्त गाडी तपाईले दिएको ठेगानामा तत्काल आइपुग्छ । अनि तपाईले भनेबमोजिमका सामान पिकअप गरेर सम्बन्धित ठाउँमा पुर्याइदिन्छ ।

कसरी आयो सोच ?

विश्व अनलाइनको सिस्टममा चलिरहेको छ । र अनलाइनको सिस्टम नभएका मुलुकहरु पनि बिस्तारै डिजिटलाइजेशनमा जाँदैछ । नेपालमा अनलाइनको सेवा लिनेहरु बढिरहेका छन् । तर, सबै क्षेत्रमा अनलाइनबाट सामान अर्डर गर्न मिल्ने सिस्टम भने छैन् । यहि सोच तीन जना युवामा आयो । उनीहरुले नेपालमा अनलाइन व्यवसाय त गर्ने तर, के को गर्ने भन्ने दोधार आयो ।

उनीहरुले नयाँ आइडिया निकाले अब अनलाइन कार्गो सेवा सुरु गरौं ! कार्गो सुरु गर्ने सोच बनाएका तीन युवा काठमाडौंमा उपत्यकामा छरिएर रहेका ड्राइभर र सेवा नपाएर छट्पटिएका सेवाग्राहीहरुबारे अध्ययन गर्ने भए । दुई देखि तीन सयवटा हार्डवेयर, फर्निचर, कन्स्ट्रक्सन, इलेन्ट्रोनिक्सलगायतका पसलमा गएर उनीहरुले आफ्नो सामान कसरी डेलिभरी गरिरहेका छन् ।

कुन गाडी प्रयोग गरिरहेका छन् भनेर अध्ययन गरे । तीन सय पसलमा अध्ययन गर्दा पाँच वटा समस्या लिएर फर्किए कम्पनीका मार्केटिङ प्रमुख राहुल मल्ल ठकुरी । उनले ग्राकहरुले किनेको सामान सम्बन्धित ठाउँसम्म पुर्याउनका लागि धेरै समस्या भोग्ने गरेको अनुभव हामीलाई सुनाए । उनले ग्राहकहरुले गाडी नपाउने समस्यादेखि पैसामा कुरा नमिल्ने र सामानको सुरक्षासम्मको समस्या पत्ता लगाए । त्यसो भए के हुन त उनले पत्ता लगाएका समस्या ?

यस्ता छन् उनले पत्ता लगाएका पाँच समस्याः
१. भनेको बेला अर्थात सामान लैजाने बेलामा गाडी नपाउने
२. फिक्स प्राइज वा पैसामा बार्गेनिङ गर्नुपर्ने
३. समयमा सामान डेलिभरी नहुने
४. सेक्युरिटी इस्यु , जस्तैः सामान फुट्यो भने क्लाइन्ट र ड्राइभरबीच एकदमै झगडा हुने अवस्था ।
५. बिलिङ सर्भिस नभएका

यी समस्या पत्ता लगाएर फर्किएका राहुल अहिले यी समस्याको समाधान आफ्नो कम्पनीले गरिरहेको बताउँछन् । उनी भन्छन्, ‘मार्केटमा मैले पत्ता लगाएका यी पाँच समस्याको समाधान हाम्रो कम्पनीले गरिरहेको छ ।’

ड्राइभरका समस्याः
त्यस्तै उनीहरुले ग्राहकका मात्र समस्यामा बुझेनन् । उनीहरुले सामान बोक्न प्रयोग हुने गाडीका ड्राइभरहरुका समस्यामा पनि पत्ता लगाउने कोशिश गरे । उनीहरुले काम(ट्रिप) नपाएर खोलाको किनारामा गफ चुटिरहेका ड्राइभरहरुका समस्या पनि पत्ता लगाए । त्यसको जिम्मेवारी सन्दीप सुवेदीले पाए । उनले ट्रिप हान्न नपाएर बेरोजगार बनेका गुरुजीहरुका समस्या सुने ।

प्रायः सबैले दिनमा एक/दुई टिप मात्र पाउने गरेको बताए । उनले एक÷दुई टिप हानेपछि जुवा तास खेल्ने लुँडो खेलेर समय बिताउने गरेको समस्या उनको कानमा पर्यो । यो समस्या सुनेका उनले ड्राइभरहरुलाई आफ्नो बिजिनेस प्लान पनि सुनाए । उनले आफ्नो कम्पनीबारे बुझाए, अनि काम पाउने ग्यारेण्टीसहित मोबाइल एप्स चलाउन पनि सिकाए । उनलाई ड्राइभरहरुले आफूहरु दिनमा ६/७ ट्रिप गर्न सक्ने भए पनि काम नपाएको गुनासो पोखे । ‘गुरुजीहरुले ट्रिप नपाएको बेला चिया पिउँदै तास खेलेर दिन कटाउने गरेको समस्या बताउनुभयो’, उनी भन्छन्, ‘अहिले हाम्रो कम्पनीमा एक हजार भन्दा माथि क्लाइन्टहरु हुनुहुन्छ । साथै ३ सय ड्राइभरहरु हुनुहुन्छ । दिनमा ३ ट्रिप गर्दै आउनुभएका ड्राइभर दाजुहरुले अहिले पाँचदेखि छ ट्रिप सम्म गर्नुहुन्छ त्यसले गर्दा उहाँहरुको पनि आम्दानी बढ्यो ।’

उपाय सिटी कार्गोमा आबद्ध भएपछि ड्राइभरहरुले पनि सम्मान पाउन थालेको सन्दीप बताउँछन् । उनि भन्छन्, ‘पहिले सामान बोक्न जाँदा गाली गर्ने होच्याउने गर्थे तर, उपायबाट आएको भनेपछि सम्मान गर्न थालेको अनुभव गुरुजीहरुको छ ।’

कम्पनीले अहिले सानो र ठूलो गाडीबाट सेवा दिइरहेका छन् । अहिले उनीहरुले काठमाडौं भ्याली भित्र मात्र फोकस गरिरहेका छन् । ‘हामीसँग दुईवटा सेग्मेन्टको गाडी छ । एउटा हात्ती गाडी र ठूलोमा पिकअप गाडीहरु हामीसँग छन्’, सञ्चालक मध्येका एक आमिगो खड्का भन्छन् ।

उनीहरुले काठमाडौंभन्दा बाहिर सेवा विस्तार गर्नेबारे तत्काल केही नसोचेको बताए । आगामी दिनहरुमा ग्राहकहरुको मागभएमा सोच्न सकिने सञ्चालक खड्का बताउँछन् । काठमाडौंभित्र पहिले यो व्यवसायलाई व्यवस्थित गराउनुपर्ने उनीहरुको तर्क छ ।

को–को छन् पार्टनर ?
यो कम्पनीका पछाडि थुप्रै अनुभवी सेयर होल्डरहरु छन् । सञ्चालक खड्का अपरेशनको लिड गर्छन् । भने सुवेदीले लोजिस्टिक्स सञ्चालन र ठकुरीले क्लाइन्ट साइडको मार्केटिङ हेर्दै आएका छन् ।

अफिसमा अहिले २५÷२६ जनाको टिम रहेको सञ्चालक खड्का बताउँछन् । खड्का सञ्चालक रहेको उक्त कम्पनीमा उनीहरुलाई पनि गाइड गर्ने अर्को टिम पनि छ । जुन टिम विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरिसकेको टिम छ । उनी भन्छन्, ‘विभिन्न क्षेत्रमा हेड भएर काम गरिसक्नु भएको टिम छ । उहाँहरुले नै हामीलाई गाइड गर्दै आउनु भएको छ ।’

विदेश पुगेर नेपालको माया

नेपालमा पढिरहेका सञ्चालक खड्का थप अध्ययनका लागि अमेरिका गए । उनी अमेरिकामा गएर बिजिनेस म्यानेजमेन्ट (फाइनान्सियल अकाउन्ट) पढ्न थाले ।

अमेरिकाको न्यूयोर्कमा रहेको जेपी मोर्गन चेस बैंकमा इन्भेस्टमेन्ट बैंकिङ गरे । तीन वर्ष त्यहाँ बैंकिङ गरे पनि उनको मन भने नेपालमै थियो । अमेरिकामा अध्ययन गरिरहेका खड्कालाई नेपाल आउने हुटहुटी चल्यो । उनलाई आफ्नै देशमा आएर केही नयाँ गरौं न भन्ने सोच आइरहन्थ्यो ।

उनी भन्छन्, ‘नेपाल गएर ठूलो पोखरीको सानो माछा हुने कि सानो पोखरीको ठूलो माछा हुने भन्ने सोचेर म आएँ ।’

नेपाल आएपछि उनले अहिले भएको म्यानेटमेन्ट टिमसँग रहेर अन्य क्षेत्र (इनभेस्टमेन्ट, कन्सल्टीङ)मा पनि काम गरिरहेका थिए । अचानक उनी लगायतको टिमलाई नयाँ काम गरौं न त भन्ने आइडिया आयो ।

खड्का भन्छन्, ‘कम्पनी त खोल्ने भनियो तर, कस्तो खालको टिम बनाउने भन्ने भयो । नेपालको बिजिनेसमा भिजेको मान्छे चाहियो । एउटा प्रोफेसनलिजम र भिजन चाहियो । हामीले दुई जना हेड चाँहि युवा नै चाहिन्छ ।’ यति भन्दै खड्का रोकिए । उनले सन्दिप र राहुललाई आफ्ना अनुभव हामीमाझ सेयर गर्न भने ।

अन्य युवा सरह सन्दिप पनि नेपालमा ११–१२ को पढाइ सकेर अमेरिका नै हानिए । उनले पनि अमेरिकाको न्यूहाम्पसेर कलेजमा पढ्न थाले । सन्दिप अमिगोभन्दा दुई ब्याज जुनिएर थिए । उनले त्यहाँ अध्ययन सकेर मेरिल्याण्डमा प्रोम्रेटिभ भन्ने टेक्नोलोजी कम्पनीमा काम गरे । उनले त्यहाँ पनि अपरेसन्स डिपार्ट नै हेर्थे । उनले त्यहाँ एक वर्ष काम गरे । ज्यान अमेरिकामा भए पनि उनको मन भने नेपालमै गएर केही गर्ने नै थियो । सोही अनुसार उनी नेपाल फर्किएर यो कम्पनीमा आबद्ध छन् ।

कम्पनीका कस्टुमर डिपार्टको हेड भएर काम गर्दै आएका राहुलको कथा दुई जनासँग मिल्दो जुल्दो नै छ । काठमाडौंबाट ‘ए’ लेभल गरेका राहुल अध्ययनका सिलसिलामा भारत हानिए । उनी ब्याचलर गर्न भारतको दिल्ली युनिर्भसिटी गए । त्यहाँ बिकमको पढाइ सकिएपछि उनी नेपालमा बुबाको कम्पनीमा काम गर्न थाले । एक वर्ष बुबाको कम्पनीमा काम गरेपछि उनी मास्टर्स गर्न फेरी युके गए ।

युकेमा पढाइ सकेर आएपछि उनलाई बुबाको कम्पनीमाभन्दा पनि आफैं केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । अमिगो र सन्दिपलाई जस्तै उनलाई पनि नयाँ कम्पनी खोल्ने इच्छा जाग्यो । आमिगोसँग राहुलको भेट भयो । अमिगोले नयाँ कम्पनी खोल्ने योजना सुनाएपछि उनी पनि सहमत भए । हाल उनी पनि आमिगोसँग मिलेर कम्पनीमा काम गरिरहेका छन् ।

उनी भन्छन्,‘आमिगो दाईले नयाँ कम्पनीको बारेमा बताउनु भयो त्यो कुराबाट म प्रभावित भएँ ।’

कसरी सेवा लिने त ?

उनीहरुले व्यवसाय सुरु गर्नुभन्दा अगाडि ग्राहकको मनासय बुझे । उनीहरु विज्ञापनको पछाडि लागेनन् । बरु ग्राहकहरुका समस्या के हुन् त्यो खोज्न जुटे । तीन जना युवाले होलसेल पसल, स्टेसनरी, हार्डवेयर, रक्सी पसललगायतका ठाउँमा रिसर्च गरे । आफ्नो एप्सबारे बुझाए, प्रयोग गर्न लगाए । उनीहरुले फेसबुकमा लाइक गर्न सिकाए । अमिगो भन्छन्, ‘हामी हल्ला(विज्ञापन) गर्ने तर्फ लागेनौं । पहिले प्रोडक्ट राम्रो बनाउन लाग्यौं । फिल्डमा जाने सर्भे गर्ने काम गर्यौं ।’

उनीहरुले खोलाको किनारमा छरिएर रहेका ड्राइभरको दैनिकी र आम्दानीबारे पनि बुझ््न थाले । आफ्नो एप्स डाउलोड गराएर प्रयोग गर्न पनि सिकाए । त्यस्तै कस्टुमरहरुलाई पनि आफ्नो एप्स प्रयोग गर्न सिकाए । खड्का भन्छन्, ‘भोली पनि हामीले यसरी नै अनलाइन प्रयोग गर्ने हो त्यसैले आजै किन नगर्ने त ?’

बजारमा भन्दा सस्तो

उपाय सिटी कार्गोले बजारमा भन्दा २०/२५ प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आइरहेको छ । खड्का भन्छन्, ‘हाम्रो तीन वटा प्रतिबद्धता छ १.बजारमा भन्दा सस्तो मूल्य २. बजारमा आउने भन्दा चाँडो र ३. बजारमा पाउने अप्सन भन्दा कन्भिनेन्ट । बजारमा भन्दा २० देखि २५ प्रतिशत सस्तो मूल्यमा सेवा दिँदै आइरहेका छौं । उपाय सिटीमा ३ सय भन्दा बढी ड्राइभरहरु छरिएर रहनु भएको छ । त्यसकारण जहाँबाट अर्डर आउँछ त्यही ठाउँमा ड्राइभरहरु तत्काल पुग्ने गर्नुहुन्छ । मोबाइलबाट अर्डर गर्न मिल्यो । मान्छेलाई ट्रिप गर्नुअगाडि नै मेरो मूल्य यति भएछ भन्ने थाहा हुने भयो ।’

यो कम्पनीबाट सेवा लिँदा ड्राइभरहरुसँग बार्गेनिङ गर्नुपर्दैन । सेवा लिइसेकपछि ग्राकहरुले भ्याट बिल पनि पाउँछन् ।

समस्या

कम्पनी सञ्चालन गर्न सुरुवाती चरणमा धेरै समस्याहरु भोगेको खड्का बताउँछन् । उनी पुरानो बानीलाई परिवर्तन गर्नका लागि केही समस्या हुने स्वीकार गर्छन् । उनी भन्छन्, ‘टुटल पठाओ जस्तो एक ठाउँबाट टिप्ने अर्को ठाउँमा छोड्ने पनि होइन । यहाँबाट त सामान कति ? लोड कस्तो ? कुन ठाउँमा ? लोडेर चाहिन्छ कि चाहिँदैन ? त्यसकराण मूल्य तलमािथ पर्ने हो । त्यसकारण यो सबै बुझ्नका लागि तीन महिना रिसर्च गर्यौं ।’

उनीहरुलाई बजारमा भएका समस्या बुझ्न समय लाग्यो । बिस्तारै सिस्टममा प्रवेश गरेपछि उनीहरुलाई सहज हुँदै गयो । ‘सुरुवाती चरणमा धेरै समस्या भोग्यौं तर, बिस्तारै सिस्टममा प्रवेश गरेपछि सहज भयो । अब त हामी ट्र्याकमा आइसकेका छौं,’ उनी भन्छन् । तर, मानिसहरुमा चेतनाको अभाव अझै पनि कायमै रहेको उनी स्वीकार गर्छन् । उनी भन्छन्, ‘पहिलेदेखि लाग्दै आएको बानी परिवर्तन गर्न समस्या पर्दोरहेछ । अहिले पनि एप्स भन्दा फोन नै गरौं न भन्ने सोच कतिपयमा छ तर, त्यो गलत हो । अब यो बानी परिवर्तन हुन्छ भन्नेमा हामी पूर्ण विस्वस्त छौं ।’

युवाहरुका लागि उदाहरणीय

रोजगारका लागि दिनहुँ सयौंको संख्यामा विदेश पलायन भइरहेका युवाहरुका लागि प्रेरणाको स्रोत बनेका छन् यी तीन युवा । उनीहरुको व्यवसाय देखेर कतिपय विदेशमा रहेका युवाहरु न्ोपालमै केही गर्छु भनेर फर्किने तयारी गरेको उनीहरु सुनाउँछन् ।

उनी भन्छन्, ‘भर्खरै मात्र साउदी र कोरियामा काम गर्ने दाजुहरुले नेपालमा आएर गाडी किन्छु तपाईहरुको कम्पनीमा इन्भल्व गराउनुपर्यो भन्नु भएको छ ।’

विदेशमा कमाएको केही रकम नेपालमा लगानी गरेर स्वरोजगार बन्न चाहनेहरुलाई सिटी कार्गोेले सहयोग गर्दै आइरहेको छ । सिप्रदीले सस्तो मूल्यमा गाडी दिने गरेको उनले बताए । उनी भन्छन्, ‘सिप्रदीले विदेश किन जान्छौं सस्तोमा गाडी दिन्छु नेपालमै केही गर भनेर विशेष प्याकेजहरु ल्याएको छ ।’

साथै उनीहरुले बैंकबाट लोनमा गाडी निकाल्न पनि सहयोग गर्दै आइरहेका छन् । उनीहरुले गाडी किन्न मात्र सहयोग गर्दैनन् गाडी किनेपछि रोजगारी दिने काम पनि गर्छन् । खड्का भन्छन्, ‘हामी बैंकबाट सस्तो रेटमा गाडी निकाल्न सहयोग गर्छौं त्यसमाथि रोजगारी पनि आफैं दिन्छौं । अब यति भएपछि युवाहरु किन काम गर्नका लागि खाडी जाने ?’

उनीहरु विदेश बसेर आए पनि देशमै केही गर्नूपर्छ भन्ने सोच राख्छन् । आफ्नै बलिबुतोले व्यवसाय गर्दै आएका उनीहरु भन्छन्, ‘सरकारको मात्र मुख ताकेर भएन । सुरुवात हामीले नै गर्नुपर्छ । सरकारको काम भनेको नीति निर्माण गरिदिने मात्र हो ।’

युवा व्यावसायी सन्दिपले नेपाल अवसरको खानी भएको बताए । उनले भने, ‘नेपाल प्वालैप्वाल भएको ठाउँमा हो । यहाँ पुर्न सक्ने ठाउँ धेरै छन् । त्यसैले नेपालमा ती प्वाल पुर्ने अवसर पनि धेरै छन् । नेपाल आएर हामीले जुन नयाँ तरिकाले काम गर्दैछौं त्यसरी नै कुनै नयाँ काम गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement