ह्वावेद्धारा चीनमा सबैभन्दा ठूलो साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर स्थापना


डोंग्वान –ह्वावेले चीनमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टरको स्थापना गरेको छ । ह्वावेले आज चीनको डोंग्वानमा आफ्नो सबैभन्दा ठूलो ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण सेन्टर खोलेको हो ।

नयाँ सेन्टरको उद्घाटनसँगै ह्वावेले यसको प्राेडक्ट साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ । कम्पनीले पहिलो पटक समग्रमा उद्योगको लागि आफ्नो प्रोडक्ट सुरक्षा आधारभूत ढाँचा र व्यवस्थापन अभ्यास समेत उपलब्ध गराएको छ ।

ह्वावेका रोटेटिंग अध्यक्ष केन हूले भने, ‘साइबर सुरक्षा पहिले भन्दा बढी महत्वपूर्ण छ, । एक उद्योगको रूपमा हामीसँगै मिलेर काम गर्न, राम्रो अभ्यासहरू साझेदारी गर्न र शासन, मापदण्ड, प्रविधि र प्रमाणिकरणमा हाम्रो सामूहिक क्षमताहरू निर्माण गर्न आवश्यक छ । हामीले दुबै सर्वसाधारण र नियामकर्ताहरूलाई उत्पादन र दैनिक रुपमा प्रयोग गर्ने सेवाहरूको सुरक्षामा विश्वास दिलाउन आवश्यक छ । हामी एक बढ्दो डिजिटल संसारमा सुरक्षा र विकास बीच सही सन्तुलन प्रहार गर्न सक्छौं ।’

‘विगत केहि बर्षमा उद्योग डिजिटलिकरण र फाइभ जी र एआई जस्ता नयाँ प्रविधिहरूले साइबर स्पेसलाई पहिलेभन्दा बढी जटिल बनाएका छन् भन्ने तथ्यलाई कोभिड–१९ महामारीका बेला मानिसहरूले आफ्नो जीवनको एक ठूलो अंश अनलाईनमा बिताइरहेको कुराले जोडेको अध्यक्ष केन हूले बताए।

ह्वावेले साइबर प्रशासनमा विशेषज्ञता बाँड्न र टेक्निकल समाधानको लागि एकसाथ काम गर्ने उद्योगका सरोकारवालाहरूलाई मञ्च प्रदान गर्दै डोंग्वानमा नयाँ ग्लोबल साइबर सुरक्षा र प्राइभेसी संरक्षण ट्रान्सपरेन्सी सेन्टर खोलेको छ । सोलुसन प्रदर्शन र अनुभव सेयर गर्न, संचार र संयुक्त इनोभेसनलाई सुविधा दिन र सुरक्षा परीक्षण, प्रमाणिकरण समर्थन गर्नको लागि सेन्टर डिजाइन गरिएको ह्वावेले जनाएकाे छ ।

टेलिकम उद्योगमा साइबर सुरक्षाको लागि एक एकीकृत दृष्टिकोण अगाडि बढाउन जीएसएमए र थ्री जी पीपी जस्ता संस्थाले एनइएसएएस सुरक्षा आश्वासन निर्देशन र स्वतन्त्र प्रमाणीकरण प्रचार गर्न उद्योग सरोकारवालाहरुसँग काम गरिरहेका छन् ।

फाइभ जी युगमा हाल रहेको र नयाँ सेवाहरूको डेलिभरी मोबाइल नेटवर्कले प्रदान गरेको कनेक्टिभिटीमा धेरै निर्भर गर्दछ र मौलिक रूपमा अन्तर्निहित प्रविधिको सुरक्षा र विश्वासमा निर्भर गर्दछ,जीएसएमएका महानिर्देशक म्याट्स ग्रान्रीडले बताए । कार्यक्रममा ह्वावेले आफ्नो उत्पादन साइबर सुरक्षा बेसलाइन पनि जारी गरेको छ, बाह्य नियमहरू, जसमा प्राविधिक मापदण्डहरू र नियामक आवश्यकताहरूको विस्तृत श्रृंखलालाई समाहित गर्दै उत्पादन सुरक्षा प्रबन्धनमा एक दशकको अनुभवको परिणाम आएको उसले जनाएको छ ।

बेसलाइन, ह्वावेको अन्य शासन प्रक्रियाको साथ, कम्पनीको उत्पादनहरूको गुणस्तर, सुरक्षा, र विश्वस्तता सुनिश्चित गर्न मद्दत गर्दछ । पछिल्ला वर्षहरूमा ह्वावेले १,५०० भन्दा बढी नेटवर्कहरू निर्माण गरेको छ जुन १७० देश र क्षेत्रहरूमा तीन अरब भन्दा बढी मानिसहरूलाई कनेक्ट गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement