सिंगापुर –ह्वावेले सिंगापुर र हङकंगमा एकै साथ ह्वावे क्लाउड स्पार्क फाउन्डर्स समिटमा स्टार्टअप सपोर्टमा १०० मिलियन अमेरिकी डलर लगानी गर्ने योजना सार्वजनिक गरेको छ ।
ह्वावेका अनुसार लगानी एशिया प्रशान्त क्षेत्रमा यसको स्पार्क कार्यक्रममा हुनेछ जसको आगामी तीन बर्षमा यस क्षेत्रको लागि एक दिगो स्टार्टअप इकोसिस्टम निर्माण गर्ने लक्ष्य रहेको हाे । ह्वावेले सिंगापुर, हङ कंग, मलेसिया र थाइल्याण्डलाई आफ्नो स्टार्टअप हब बनाउन मद्दत गरिरहेको छ ।
शिखर सम्मेलनमा ह्वावेले यस कार्यक्रमले इन्डोनेसिया, फिलिपिन्स, श्रीलंका र भियतनाममा चार अतिरिक्त स्टार्टअप हबहरुको विकासमा आफ्नो प्रयास केन्द्रित गर्ने घोषणा गर्यो– स्पार्क एसेलेरेटर कार्यक्रममा कुल १,००० स्टार्टअप भर्ती गर्ने व्यापक उद्देश्य संगै स्केलअपमा ती मध्ये १०० लाई आकार दिने छ ।
यो शिखर सम्मेलनमा धेरै प्रमुख एशियाली स्टार्टअप, शिक्षाविद्, विभिन्न उद्योग र सरकारहरु र मिडिया, साथसाथै ५० भन्दा बढी क्षेत्रीय शीर्ष उद्यम पूँजीपतिहरु र ३०० भन्दा बढि स्टार्टअप संस्थापकहरु उपस्थित थिए । कार्यक्रममा भाषण र प्यानलको ध्यान यो स्टार्टअप इकोसिस्टमको सामाजिक भ्यालु र कसरी प्राविधिक र इकोसिस्टम इनोभेसनलाई बढावा दिन सक्छन्, स्थानीय समुदायमा योगदान र सामाजिक आर्थिक विकासलाई ड्राइभ गर्न सक्छन् भन्नेमा केन्द्रित रहेकाे थियो ।
एशिया प्रशान्त स्पार्क कार्यक्रम अन्तर्गत तीन अतिरिक्त पहल कार्यक्रम ह्वावेद्वारा शुरू गरीएको थियोः स्पार्क डेभ्लपर कार्यक्रम जसको उद्देश्य एशिया प्रशान्त क्षेत्रमा ह्वावे क्लाउड द्वारा संचालित एक डेभ्लपर इकोसिस्टमको ख्याल गर्नु हो; स्पार्क पिटस्टप कार्यक्रम ह्वावे क्लाउडमा स्टार्टअपलाई चलाउन र समर्थन गर्न डिजाइन गरिएको हो ताकि प्रोडक्ट डेभ्लप्मेन्ट अगाडि बढाउन सकियोस्; र स्पार्क इनोभेसन प्रोग्रामले स्पार्क स्टार्टअप इकोसिस्टमव्दारा इन्टरप्रपईज इनोभेसनको सुविधामा ध्यान केन्द्रित गर्दछ ।
ह्वावेका वरिष्ठ उपाध्यक्ष र बोर्ड सदस्य क्याथरीन चेनले सामाजिक प्रगतिको लागी स्टार्टअप कति महत्वपूर्ण छ र ह्वावेले स्टार्टअपलाई समर्थन गर्न के गर्दैछ भन्ने कुरामा जोड दिएर शिखर सम्मेलनको उद्घाटन गरे स्टार्टअप र SMEs हाम्रो समयका आविष्कारक, अवरोधक र अग्रगामी हुन् ।
३४ वर्ष पहिले, ह्वावे मात्र ५,००० डलर दर्ता पूंजी भएको एक स्टार्टअप थियो । भर्खरै, हामी सोचिरहेका छौं: हामी कसरी हाम्रो अनुभव र श्रोतहरुव्दारा स्टार्टअपलाई चुनौतिहरुको सम्बोधन गर्न मद्दत गर्न सक्छौं ? यसो गर्नाले उनीहरुलाई डिजिटल रूपान्तरणद्वारा प्रस्तुत अवसरहरुको उपयोग गर्नको लागि, व्यापार सफलता हासिल गर्नको लागि र संसारको लागि अधिक
इनोभेटिभ उत्पादनहरु र सोलुसनहरुको विकास गर्ने वातावरण हुनेछ क्याथरीन चेनले भने, ।
२०१७ मा यसको प्रक्षेपणपछि ह्वावे क्लाउड संसारको सबैभन्दा छिटो बढ्दो क्लाउड भएको छ र अनगिन्ती स्टार्टअपको बृद्धिलाई प्रेरित गरेको छ । गत वर्ष हामीले एसिया प्रशान्तमा स्पार्क प्रोग्राम शुरु गरेका थियौं यस कार्यक्रमव्दारा हामी स्थानिय सरकार, अग्रणी इन्क्यूबेटर, प्रसिद्ध VC फर्महरु र शीर्ष विश्वविद्यालयहरुसंग धेरै क्षेत्रहरुमा स्टार्टअपको लागि प्लेटफर्म निर्माण गर्नको लागि काम गरिरहेका छौं । ह्वावेको क्लाउड बिजनेस युनिटका सीईओ झांग पिंगुआनले भने।
आज, हामीले हाम्रो क्लाउड–प्लस–क्लाउड कोलाबोरेसन र जोइन्ट इनोभेसन कार्यक्रमको शुरुवात गर्यौं, जसको माध्यमबाट हामी स्टार्टअपलाई ४० मिलियन अमेरिकि डलर मूल्यको श्रोतहरुको सहयोग गर्नेछौं । त्यो लगानीको आधा जति ह्वावे क्लाउड, आधा ह्वावे मोबाइल सेवा (HMS) बाट आउँदैछ झांगले भने ।
भने गहिरो टेक अर्थव्यवस्थाको साँचो प्रभाव तब महसुस हुन्छ जब हामी नयाँ अवसरहरुलाई उत्प्रेरित गर्नको लागि एक साथ आउन सक्षम हुन्छौं । ह्वावे जस्ता साझेदारहरुसंग मिलेर काम गर्दा आशाजनक प्रतिभाको सहयोग र सिंगापुरमा उदीयमान टेक स्टार्टअप जस्ता हाम्रो मिशन पूरा गर्न सक्षम हुन्छौं एसजी इनाेभेटिभका सीईओ डा. लिम जुईले बताए।
उद्योगहरुबाट स्टार्टअपको सहयोग गर्नको लागि काम गर्दछ । ह्वावेको क्लाउडले डेभ्लपर र साझेदारहरुलाई एकाउन्ट्स, डेभ्लपर प्लेटफर्म र अनुप्रयोग वितरण र संचालन एकजुट गर्न मद्दत गर्दछ । HMS अब संसारको तेस्रो सबैभन्दा ठूलो मोबाइल अनुप्रयोग इकोसिस्टम हो र धेरै स्टार्टअपलाई आफ्नो वैश्विक प्रभाव विस्तार गर्न मद्दत गरीरहेको छ । वर्तमानमा, १७० देश र क्षेत्रहरुबाट ४.५ मिलियन डेभ्लपर्स HMS मा निर्भर छन् ।
ह्वावे स्टार्टअपलाई प्रमुख साझेदारको रूपमा हेर्दछ । ह्वावे क्लाउड स्पार्क संस्थापक शिखर सम्मेलनमा ह्वावेले स्टार्टअपसंगको इनोभेसन अनुसन्धान कार्यक्रममा पछिल्लो डाटा अनावरण समेत गरेकाे छ ।
ह्वावे एशिया प्रशान्त क्षेत्रका अध्यक्ष जेफरी लियुले थप्नु भयो कि, “विगत दुई दशक देखि हामी ’एशिया प्रशान्तमा, एशिया प्रशान्तको लागि’ भन्ने भनाईमा प्रतिबद्ध छौं । कार्यक्रमले आगामी तीन बर्षमा १०० मिलियन अमेरिकी डलर भन्दा बढी लगानी गर्नेछ र एक दिगो स्टार्टअप इकोसिस्टमको स्थापनाको लागि व्यापक सहयोग प्रदान गर्दछ जसले यस गतिशील क्षेत्रको लागि नयाँ भ्यालु सिर्जना गर्दछ ।
प्रतिक्रिया