‘नोभा २–आई’ नेपाल भित्रियो, ३३ हजार ९ सयमा चार क्यामेरा भएको स्मार्टफोन


काठमाडौं– चीनको मोबाइल ब्राण्ड हुवावेले चारवटा क्यामेरा भएको स्मार्ट फोन नेपालमा पनि भित्र्याएको छ।

 

 

 

नोभा २–आई स्मार्टफोनमा अगाडि र पछाडी गरी ड्युअल लेन्सयुक्त ४ वटा क्यामेरा रहेका छन्। उक्त स्मार्टफोनको मूल्य २२ हजार ९ सय रहेको छ।

 

 

 

कम्पनीले काठमाडौंमा बुधबार एक समारोहकाबीच स्मार्टफोन सार्वजनिक गर्दे सुविधाका दृष्टिले उत्तम रहेको दावी गरेको छ।

 

 

 

फोनमा उच्च गुणस्तरीय प्रबिधियुक्त ५.९ इञ्चको फुलभ्यु डिस्प्ले, ८३ प्रतिशत स्क्रिन तथा सफा र उज्जयाला तस्बिर हेर्नका लागि १८ अनुपात ९ वाइडस्क्रिन उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

 

 

फोनमा १६ एमपी तथा २ एमपी दुबै लेन्समा पछिल्लो विशिष्ठ प्रबिधि प्रयोग गरिएको जनाइएको छ।

 

 

 

 

उक्त पछिल्लो क्यामेराले समेत कम लाईट भएको स्थानमा समेत आकर्षक तस्बिर खिच्ने क्षमता राख्ने कम्पनीले जनाएको छ । कम्पनीको अनुसार जसमा १६ एमपी आरजीबी सेन्सर, २ एमपी आरजीबी लेन्स जडान गरिएकोे छ।

 

 

 

 

 

फोनको अन्य विशेषताहरुमा ८ कोर किरिन ६५९ चिपसेट, ४ जिबी र्याम, ६४ जिबी रोम, ५।९ इञ्च डिस्प्ले, ४०७ स्क्रिन पिपिएल, एन्ड्रोइड ७।० तथा इएमयुआई ५।१ अपरेशन सिस्टम, ३३४० एमएएच ब्याट्री रहेको छ।

 

 

 

 

हुवाईका प्रवक्ता निर्देशक जोयसले हालको आवश्यकतालाई महसुस गरी कम्पनीले अत्याधिक महत्वपूर्ण विशेषताहरुकासाथ नोभा २ आई बजारमा ल्याएको बताए।

प्रतिक्रिया दिनुहोस
Advertisement