ह्वावेलाई ‘इन्टरनेसनल कर्पोरेशन अफ द इयर २०२०’ को प्रधानमन्त्री पुरस्कार प्रदान


बैंकक –  ह्वावेलाई इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान प्रदान गरिएको छ ।

थाई प्रधानमन्त्री प्रयुतचान–ओ–चाले मंगलबार ह्वावे टेक्नोलोजीज (थाईल्यान्ड) लाई डिजिटल इन्टर्नेशनल कर्पोरेशन अफ द इयर २०२० को विशेष प्रधानमन्त्री पुरस्कार प्रदान गरेका हुन् । प्रधानमन्त्रीले ह्वावेका कार्यकारीहरुलाई बधाई दिनुका साथै थाइल्याण्डलाई अगाडि बढाउन कम्पनीको मिसनजारी राख्न समेत आग्रह गरेका थिए ।

थाई सरकारले फाइभ जी र एआइ प्रणालीको विकासमा जोड दिन्छ उनले भने, । आजको सफलताले देशका लागि व्यवसायका अवसरहरू सिर्जना गर्ने आशा व्यक्त गरे । यो पुरस्कार २१ बर्ष अघि ह्वावे थाईल्यान्ड राज्यमा स्थापनाभई थाई समाजलाई यसको महत्वपूर्ण सहयोग र उत्कृष्ट योगदान र डिजिटल रूपान्तरणलाई समर्थन गर्ने यसको प्रयासको लागि सम्मानहो। यो पुरस्कार प्राप्तगर्ने यो एक मात्रअन्तर्राष्ट्रिय कम्पनीहो।

डिजिटल इकोनोमी प्रमोशन एजेन्सीका अध्यक्ष नट्टापोन निम्मान फटचरिनले भने, “ ह्वावेसँगको हाम्रो सहकार्यले देशको विकासमा योगदान पु¥याउँछ। प्रविधिमार्फत प्राकृतिक प्रकोप, सुरक्षा खतराहरू, स्वास्थ्य संकट लगायत आपतकालिन रेस्पोन्सको लागि प्रयोग गर्दा पनि महत्त्वपूर्ण छ। “

नट्टापोनले भने कि कोभिड १९ महामारीको क्रममा, ह्वावेले एआई–सहयोगी समाधान र देशको चिकित्सा टोलीलाई अस्पतालहरुमा सहयोग गर्न फाइभजी प्रविधि प्रयोग ग¥यो। उनले भने कि थाइल्यान्डको पहिलो फाइभजी इकोसिस्टम इनोवेशन सेन्टर फाइभजी इआइसी ह्वावेको सहयोगमा सुरू गरेको हो र फाइभजी टेक्नोलोजीले थाइल्यान्डलाई आफ्नो व्यवसायिक प्रतिस्पर्धा बढाउन सहयोग पु¥याएको छ। नट्टापोनले भने कि थाइल्यान्ड ह्वावेको डिजिटल अर्थव्यवस्था ड्राइभ गर्न लगातार प्रयास र सद्भावना को लागि कृतज्ञ छ।

ह्वावे थाईल्याण्डका सीईओ आबेल डेङ्गले भने, “ह्वावेले दीर्घकालीन साझेदारीको महत्त्व राख्छ र थाइल्याण्डलाई डिजिटल युगको अग्रस्थानमा राख्न मद्दत गर्न ग्राहकहरू र साझेदारहरूसँग सहकार्य गर्न प्रतिबद्ध छ।“ “ ग्रो इन थाइल्यान्ड कन्ट्रीब्युट टु थाइल्यान्ड भन्ने मिसनको साथ, ह्वावेले एसिया–प्यासिफिक क्षेत्रमा थाइल्याण्ड (लाई) एक डिजिटल हबनिर्माण गर्न मद्दत गर्ने आफ्नो प्रतिबद्धतालाई अझ सुदृढ बनाउँदछ। हामीप्रत्येक व्यक्तिको लागि, हरेक घरमा डिजिटल ल्याउनेछौं, जस मार्फत पूर्ण रूपमा कनेक्टेड र इन्टेलिजेन्ट थाइल्यान्ड बन्नेछ।“

१९८७मा स्थापितह्वावे सूचना र सञ्चार प्रविधि (आईसीटी) पूर्वाधार र स्मार्ट उपकरणहरूको एक प्रमुख वैश्विक प्रदायक हो । हामीसँग १९४,००० भन्दा बढी कर्मचारीहरू छन् र हामी १७० भन्दा बढी देश र क्षेत्रहरूमा कार्यरत छौं, विश्वभरि तीन अर्ब भन्दा बढी मानिसहरूलाई सेवा प्रदान गर्दछौं । हाम्रो लक्ष्य भनेको संसारलाई हरेक मानिस, घर र संस्थालाई डिजिटल बनाई इन्टेलिजेन्ट विश्व बनाउने हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement